Super User
७५ वर्षे जाँगर
वैशाख ६, २०७६
घसेटा, कैलाली — चार भाइ छोराबुहारी छुट्टिएर जाँदा वृद्ध दम्पती समरा राना र बिलन्दा देवीको हातमा एकसुको थिएन । आफनै नाममा रहेको साढे ४ बिघा पनि ४ भाइले बाडेर लिए । बाचुन्जेल खान वृद्ध दम्पतीलाई घर वरिपरीको ६ कट्टा दिएर छोराबुहारी अलग बसे ।
७५ वर्षीय समरा राना आफ्नो व्यावसायिक तरकारी बारीमा काम गर्दै । तस्बिर : मोहन/कान्तिपुर
वृद्धा अवस्थाको स्याहार गर्ने जिम्मेवारीबाट पन्छिएका छोराबुहारी पैसाको खाँचो पर्दा अहिले तिनै बुवाआमासँगै जान्छन् । ७५ वर्षीय समराले वृद्ध अवस्थामा गरेको परिश्रमबाट छोराबुहारीको गर्जो टरिरहेको छ । ‘पैसा चाहियो बुवा, यस्तो उस्तो समस्या आयो भन्छन्,’ उनले भने, ‘कमाएको पैसा बाँधेर राख्दा पनि मरेपछि तिनै लैजाने त हुन् । त्यसैले लौ लैजाऊ भन्छु ।’ उनले सबै छोरालाई पछिल्लो २ बर्षको अवधिमा २ लाख बढी दिएको बताए ।
बुढेसकालका सहारा अलग भएर गएपछि तरकारी फलाएर बेच्न थालेको उनले सुनाए । ‘गरि खान ६ कटठा थियो,’ उनले भने, ‘हलगोरु केही थिएन । वृद्ध अवस्थामा जोतेर धान/गहुँ लगाउने ताकत आएन । तर पनि हातखुट्टा चल्दासम्मकेही गरी खानुपर्यो ।’ एक दिन उनी वृद्धभत्ता लिन साविकको उर्मा गाउँपालिकाको कार्यालय गएका थिए । त्यहाँ पुर्व जिल्ला उपसभापती गंगाराम रानासँग उनको भेट भयो । उनी ज्येष्ठ नागरिक समुहका अध्यक्ष पनि थिए । उनले समरा दम्पतीलाई समुहमा आवद्ध हुन अनुरोध गरे ।त्यसबाट पाउने सुविधाबारे जानकारी पनि दिए । केहि दिन पछि त्यहि समुहले दिएको तरकारी बालीको तालिम लिए । बिउ पुँजीका लागि ४ हजार ऋण पनि लिए । ‘त्यहि ४ हजारले ४० हजार फलायो,’ उनले भने, ‘त्यसबाट तरकारी बाली ब्यवसायिक रुपमा लगाउन सुरु गरें,’ समराले भने । उनले घर वरपरको जमिनमा तरकारी लगाए । ह्यान्डपम्पबाट पानी निकालेर बारी सिंँचाइ गरे । टमाटर, खुर्सानी, काउली, बन्दा, प्याज फलाए ।
टाउकोमा ताजा तरकारीको डालो राखेर वृद्ध दम्पती स्थानीय बजारमा लगेर बेच्न थाले । पहिलो लटमै ४० हजार जति आम्दानी भयो । उनले दोस्रो ‘सिजन’ मा अलिकति बढी जग्गामा तरकारी लगाए । तरकारीका प्रकार पनि बढाए । काक्रा, फर्सी, बोडी, भन्टा, तर्वुजा लगाए । सिंँचाई गर्न मोटर जोडेपछि आम्दानी पनि बढ्दै गयो । तेस्रो सिजनमा ६ कट्टा जमिनमै तरकारी लगाए । ट्याक्टरले जोताए । मलखादका लागि समुहबाट अपुग ८ हजार ऋण लिए । उनले पुरानो ऋण पहिलो सिजनमै चुक्ता गरिसकेका थिए । आलु प्याज, बदामसहित तरकारी बालीबाट उनको २ लाखभन्दा बढी आम्दानी हुन सुरु भयो ।उनी भन्छन, ‘अहिलेको अवस्थामा पुग्न कम्ती महेनत गर्नु परेन । तरकारी बेच्न डालो टाउकोमा राखेर घरघर गए । तरकारी नलगाउने परिवारले किन्थे । अहिले त आफनो उत्पादित तरकारी थोकमा बढी बेच्ने गर्छु । धनगढीसम्म पुग्छ ।’ अहिले उनी छोराबुहारीलाई यताउताको मजदुरी गर्ने काम भन्दा तरकारी बाली लगाउन सल्लाह दिँदै आएको बताउँछन् ।
‘तर उनीहरूले सुरु गरेनन, मान्दैनन’ उनले भने । उनका २ छोरा राजमिस्त्रीको काम गर्छन् । कान्छोआफ्नो घर खर्च चलाउन नसकेर आमाबाबुसँगै जोडिन आएका छन् । जेठा छोराबुहारीको परिवार परम्परागत कृषि पेसामा छ । अन्त्यमा उनी भन्छन्, बाँचुन्जेल जिन्दगी थकित हुने रहेछ ।’
FAYA Nepal held a workshop
A workshop was held in dhangadhi to Review the strategy paper & Workshop on 4th strategic Plan....
Press of FAYA Nepal
प्रेश विज्ञप्ति
जन चेतना तथा युवा जागरण मञ्च, नेपाल (फाया नेपाल) को २१ औ वार्षिक साधारण सभा तथा सामाजिक लेखाजोखा कार्यक्रम भाद्र १२ र १३ गते धनगढीमा सम्पन्न भएको छ । साधारण सभाले गरेका महत्वपूर्ण निर्णयहरुलाई यस प्रेश विज्ञप्ति मार्फत सार्वजनिक गरेका छौं ।
१. साधारण सभाको पहिलो दिन संस्थाको २१ औं साधारण सभाको उद्घाटन समारोह तथा सामाजिक लोखाजोखा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष श्री शेर बहादुर बस्नेतको अध्यक्षतामा तथा जिल्ला समन्वय समिति कैलालीका प्रमुख श्री सुर्य बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा संस्थाका कार्यक्रम निर्देशक श्री धर्म राज पाठकबाट संस्थाले आव २०७४÷०७५ मा संस्थाले संचालन गरेका गतिविधिहरु, वजेट परिचालन तथा मुख्य उपलव्धिहरु सम्वन्धि प्रस्तुती गरिएको थियो ।
२. साधारण सभाको दोस्रो दिन आयोजना गरिएको वन्द सत्रमा संस्थाका अध्यक्षले पेश गर्नु भएको संस्थाको बार्षिक प्रतिवेदन तथा कोषाध्यक्षले पेश गर्नु भएको संस्थाको आर्थिक प्रतिवेदनलाई सर्वसम्मतिले पारित गरेको छ ।
२. साधारण सभाले संस्थाको विधान बमोजिम आगामी दुई वर्षका लागि श्री लोक राज भट्ट को अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । समितिको सचिवमा श्री मिना वास्तोला, कोषाध्यक्षमा श्री चिन्तामणी ढुंगेल तथा सदस्यहरुमा श्री कृष्ण विक, श्री वाल कुमारी चौधरी, श्री झरना चौधरी र श्री निर्मल चौधरीलाई निर्वाचित गरेको छ ।
धन्यवाद ।
मितिः १३ भाद्र २०७५
(धर्म राज पाठक)
कार्यक्रम निर्देशक